प्रेमिकासंग नजिक नहुन सलिनलाई फ्यानको आग्रह

‘ए मेरो हजुर २ र यात्रा’ अभिनेता सलिनमान बानियाँ प्रेममा छन् । केहि बर्ष अगाडीबाटको अस्प्रिना संगको उनको प्रेम खुल्ला किताव झैँ छ । उनी प्रेम लुकाउन चाहदैनन् ।  उनलाई फ्यान घट्ने डरले सम्बन्ध लुकाउन पर्छ भन्ने पनि लाग्दैन ।

अभिनय राम्रो गर्न सके दर्शकको माया सधै पाउनेमा उनी विश्वस्त छन् ।  फरक हेयर स्टाइल र राम्रो ड्रेस सेन्स भएको कारण पनि धेरै युवाले उनलाई फलो गर्छन् । अस्प्रिना संगको प्रेम प्रदर्शन गर्दै उनले सामाजिक संजालमा केही तस्विर सार्वजनिक गरेका छन् । यी दुईको जोडी मिलेको देखिन्छ । तर फ्यानले भने कोरोना संक्रमणको समय धेरै नजिक नहुन आग्रह गरेका छन् ।

 

View this post on Instagram

 

✨ @theasprina ?

A post shared by Salin Man Bania (@salinmanbania) on