अब युट्युबमा हेर्नुहोस बिपिन कार्की अभिनित नाटक ‘हेडा ग्याब्लर’

शिल्पी थिएटरमा मन्चन भएको नाटक ‘हेडा ग्याब्लर’ अब युट्युबमा हेर्न पाइने भएको छ । ‘शिल्पी थिएटर नेपाल’ नामको युट्युब च्यानलमा नाटकको भिडियो राखिएको हो ।

नर्वेजियन नाटककार हेनरिक इब्सेनले लेखेको नाटकको निर्देशन प्रविण खतिवडाले गरेका हुन् । बलबहादुर थापाले अनुबाद गरेको नाटकमा बिपिन कार्की, अन्जु देउजा, सरस्वति चौधरी, पशुपति राई, घिमिरे युबराज र बिक्रम सिंह थारुको अभिनय रहेको छ ।

उक्त युट्युब च्यानलमा ‘बाथटब’, ‘समाजका नाइके’, ‘कोमा’ लगायतका नाटकहरु पनि उपलब्ध छन् ।