युट्युवमा ‘कालो बर्ष’ सार्वजनिक

सञ्चारकर्मी पबन भट्टराई अभिनित फिल्म ‘कालो बर्ष’ सार्बजनिक भएको छ ।  योगीराम फिल्मसको ब्यानरमा निर्मित फिल्म २०७६ बैशाख १३ गतेबाट नेपालभर प्रदर्शन गरिएको थियो । राम खड्का सह निर्माता रहेको फिल्मलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन् भने लक्षु गौतमको निर्देशन रहेको छ । रामेश्वर हुमागाइले छायांकन गरेकोफिल्म शुबास देबकोटाले सम्पादन गरेका हुन् । फिल्ममा पवन भट्टराई, ओकेश पनेरु, अनुपा खड्का, सुरेन्द्र बुढा, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । भुकम्पबाट बिस्थापित भएका पात्रको कथा बोकेको फिल्ममा बलात्कारको बिषयलाइ पनि उठान गरिएको छ ।