फिल्म निर्माता करीम मोरानीकी दुई छोरी कोरोना संक्रमित, दुवै अस्पताल भर्ना

बलिउडका फिल्म निर्माता करीम मोरानीकी जेठी छोरी जोयामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनलाई सोमबार गरिएको परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ देखाएको भारतीय सञ्चार माधयमले उल्लेख गरेका छन् ।

जोयालाई कोरोना पोजिटिभ देखिएपछि कोकिलाबेन धीरुभाइ अस्पिटलमा भर्ना गरिएको छ । उनी मार्चको बीचमा राजस्थानबाट फर्किएकी थिइन् ।

कान्छी छोरी पनि आइतबारदेखि अस्पताल भर्ना


करीम मोरानीको कान्छी छोरी शाजालाई पनि आइतबार कोभिड १९ को पोजिटीभ रिपोर्ट देखिएको थियो । त्यसपछि उनलाई मुम्बइको नानावटी अस्पतालमा भर्ना गराइयो । उनी लकडाउन घोषणा हुनुअघि अस्ट्रेलियाबाट फर्किएकी थिइन् । सुरुवातमा उनलाई कुनै पनि लक्षण देखिएको थिएन । तर जब परीक्षण गराइन्, उनमा कोरोना पोजिटिभ देखीयो ।

छोरीहरुमा कोरोना पोजिटिभ देखिएपछी उनका परिवारका सदस्य र घरमा काम गर्ने सबैको जाँच गरिएको छ । साथै उनीहरुलाई सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।


‘चेन्नाइ एक्सप्रेस’, ‘दिलवाले’, ‘रा-वन’ लगायतका फिल्मका निर्माता करीम मोरानीका परिवारलाई कोरोना संक्रमण देखिएपछि उनीहरु बस्ने गरेको शगुन विल्डिङलाई सिल गरिएको छ । यो सँगै उक्त स्थानमा बस्ने बलिउड सेलिब्रेटीमा सन्त्रास उत्पन्न भएको छ ।