नाट्य महोत्सवमा बुधबार ‘क्लेशाः’, २७ गतेबाट दिनको दुई नाटक

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को तेर्हौ दिन बुधबार साँझ ५ बजे नाटक ‘क्लेशाः’ फेसबुक लाइभ मार्फत देखाइने भएको छ । ‘क्लेशाः’ मा प्रतिक्षा कट्टेलको लेखन र विजया कार्की निर्देशन रहेको छ ।

करमनको प्रस्तुतिमा बनेको यो नाटकको मुख्य स्रोत रामायण हो । नेपालको एउटा दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुन:परिभाषित गरिएको छ । नाटकमा रामायणलाई नयाँ कोणबाट हेर्न खोजिएको छ । यस नाटकमा सुरक्षा पन्त, सिर्जना अधिकारी, रुजु शर्मा, सबिन थापा, राज खड्का, स्वप्निल घिमिरे, प्रतिक मरहठ्ठा, सुदिप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवन नाथ पौडेल र सबिन भट्टराईको अभिनय रहेको छ । नाटक थिएटर मलको फेसबुक पेज www.fb.com/theatremall मा हेर्न सकिनेछ ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । सरकारले कोरोना भाइरसको कारण लकडाउन घोषणा गरेपछि उक्त नाट्य महोत्सब शुरु गरिएको थियो । लकडाउनको समयमा रङ्गमञ्चका दर्शकहरुले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यका साथ उक्त महोत्सव घोषणा भएको थियो । सरकारले लकडाउनको अवधि थपेपछी पहिले एक हप्ता मात्र भनिएको महोत्सवको अवधि पनि लम्ब्याईएको थियो । त्यस्तै नाटक महोत्सव अन्तर्गत चैत्र २७ गते बाट दिउसो १ बजे र साँझ ५ बजे गरि दैनिक दुई नाटक देखाइनेछ भएको छ ।
यो पनि हेर्नुहोस् :
https://www.merofilm.com/klesha-review/