घरैमा बसेर कोरोनासँग लड्न आस्था राउतको आग्रह

कोरोना भाइरस (कोभिन १९) का कारण विश्वभरि त्रास फैलिरहेको अवस्था छ । नेपालमा पनि कोरोना भाइरस नफैलियोस भनेर सरकारले देशैभर लकडाउन लगाएको छ । बाह्रैमास व्यस्त रहने गायक गायिकाहरु अहिले होम क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गरिरहेका छन् ।
लकडाउनका बेला गायक गायिकाहरु घरमा बसेर साधना गरिरहेका छन्, केहिले गायन बाहेक घरका कामहरु पनि गरिरहेका छन् । गायिका आस्था राउत गायन भन्दा पनि घरमा बसेको बेला घरको सरसफाई र घरमा भएका फूलहरु गोडमेलमा लागिरहेकी छिन् । भ्वाइस अफ नेपालको जज र देश तथा विदेशमा हुने कन्सर्टमा निकै व्यस्त रहने आस्था लकडाउन हुनु भन्दा अगाडीसम्म नयाँ गीतको तयारीमा रहेकी थिइन् । अहिले घरमा भएको मनिप्लान्टमा पानी हाल्ने र आमालाई सघाउने काम गरिरहेको उनी बताउँछिन् । आस्था भन्छिन् – “अरु बेला कहिल्यै घरमाा बस्ने फुर्सद हुदैन थियो । घरमा बसेपछि आमालाई फूलबारीमा पानी हाल्न साथै अन्य कामहरुमा सघाइरहेको छु” ।
उनी भन्छिन् – “मलाई त लकडाउन भए नभएको पत्तै हुदैन । किनभने म अरु बेला पनि घरबाट बाहिर कहिल्यै निस्कने मान्छे होइन । काम पर्दा मात्र बाहिर निस्कने हो” । उनी आफुलाई तन्दुरुन्त राख्नका लागि र आत्मवल बढाउनका लागि पनि मेडिटेसनमा जोड दिन्छिन् । उनका अनुसार यसले रोगसँग लड्ने क्षमता बढाउँछ । उनि आफुले पनि यसलाई निरन्तरता दिइरहेको बताइन् ।
उनी आम दर्शकलाई घरमा बसेर नै कोरोना भाइरस विरुद्ध लड्न सुझाव दिन्छिन् । घरमा बसेर कोरोनासँग लड्न सकिने उनको भनाई छ । उनी भन्छिन् – “मान्छेहरु कोरोनालाई ठट्टा सम्झिरहेको देख्छु । तर यो रोगले सबैलाई सताउन सक्छ । हामी यसमा आफैँ सचेत रहुँ । हामीले जतिसुके पैसा कमाए पनि कोरोना जस्तो भाइरसलाई भगाउन सकिदैन” । भोको नाङ्गा भएकाहरुलाई सरकारले राहतको व्यवस्था गर्न पनि उनले आग्रह गरेकी छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया