शुन्य सहनशिलता र बालविवाह बिरुद्धको अभियान कसका लागि ?


पहिलो घटना : करिव १० दिन अघि धनकुटाकी एक ११बर्षिया दलित बालिका गर्भवती भएको खबर बाहिरियो । सोधपुछ गर्दै जादा ४जना समाजमा कहलिएका व्यक्तिहरुले उनी माथि बलात्कार गरेको पत्ता लाग्यो । पांच महिनाकी गर्भवती बालिकाको विषयमा उनका बाबुले प्रत्येकबाट ३-३ लाख लिएर छलफल मिलाउने प्रयास समेत गरेका थिए । अन्तत अपराधीले सजाय पाएका छन् । तर उनमा पर्न गएको शारीरिक र मानसिक असरको भरपाई हुनै सक्दैन ।

दोश्रो घटना : रुपन्देही जिल्लामा सनिवार एक १५बर्षिया युवतीको लास झुन्डीएको अवस्थामा फेला परेको थियो । जंगलमा शुक्रबार राती प्रेमीसंग गाउलेले भेटेको भन्दै यी दुईको जबर्जस्ति विवाह गराईदिएको स्थानीयको कथन छ । विवाह भए पनि केटाकी आमाले तल्लो जातको भन्दै उनलाई घर भित्र्याउन मानेकी थिइनन् । अन्तत उनले आत्महत्या गरेको खबर बाहिरिएको छ ।

तेश्रो घटना : केटी भगाउन गएका नवराज बिकको लास फेला परेको छ । दुर्घटना हो या हत्या यसको विषयमा प्रहरी अनुसन्धान चलिरहेको छ । यस घटनामा समेत विवाह गर्न लागेकी किसोरीको उमेर१७बर्ष रहेको छ । यी दुई बीच ३ बर्षबाट प्रेम सम्बन्ध रहेको चर्चा हुदा किसोर उक्त समय १७ र किसोरी १४बर्ष भएको देखिन्छ ।

यी तीन घटना जो यही एक महिना भित्र सार्वजनिक भएका छन् । तीनै घटनामा एउटा समानता रहेको छ, उमेरको । पछिल्ला दुई घटना केलाउदा विवाह गर्न नेपालको कानुनले तोकेको उमेर नै पुगेको देखिदैन । पहिलो घटनालाई जघन्य अपराधको रुपमा सुसुचित गर्न सकिन्छ । यी सबै घटनामा चेतनाको अभाव देखिन्छ ।

केही समय यता नायिकाको समुहले शुन्य सहनशीलता नामक अभियान थालनी गरेका छन् । यस मार्फत विधुतीय संचार माध्यमको कारण कुनै पनि हिंशा सहन नहुने, सामाजिक संजालद्वारा यौनदुर्व्यवहार बिरुद्ध आवाज उठाउने काम गर्दै आएका छन् । साथै विधुतीय अपराधको विषयमा जानकारी अभावका कारण सहि सुचना फैलाउने जिम्मेवारी समेत उनीहरुले लिएका छन् । पछिल्ला तीन घटना हेर्दै गर्दा किसोरीहरुमा आफु गलत बाटोमा रहेको र हिंशाको विषयमा ज्ञान नभएको देखिन्छ ।

त्यस्तै केही नायिकाले त अभियान मात्रै नभएर वालविवाह कै लागि भन्दै फिल्म समेत  निर्माण गरेका छन् । नेपाली समाजमा बलत्कारीलाई श्रीमान मान्नु पर्ने चलनको बिरोध गर्दै गाउँबाट एक किसोरीलाई उठाएर पर्दामा हिरो समेत बनाइयो ।

तीनै घटना उमेर नपुगेका अपरिपक्व किसोरीसंग घाटेको छ । पहिलो घटनामा त आफु नाबालिक रहदै आमा बन्न लागेकी छन्, उक्त बालिका । दोश्रो घटनामा एक किसोरीले सानो जात भएको कारण देखाउदै ज्यान गुमाउन परेको छ । तेश्रो घटनाको छानबिन चलिरहेकोमा उनलाई सामाजिक संजाल मार्फत चरित्र हत्या गरिदै छ । अपराधी भए सजाय दिन कानुन छ । तर उनी माथि खनिएका सामाजिक संजाल प्रयोग कर्तालाई नियाल्दै गर्दा नायिकाहरुको ‘जिरो टोलारेन्स’  अवाधारणाको कमि महसुस हुन्छ । उनको सामाजिक संजाल सम्म पुगेर अश्लिल शब्द प्रयोग गरिदै छ । उनको तस्विर प्रयोग गरेर अपाच्य शब्द प्रयोग गरिदै छ । उनको चरित्रहत्या प्रयास भएको छ ।

जब समाज मै घटेका घटनाको विषयमा बोल्ने समय आयो, सबै चुप छन् । फिल्मको पर्दामा हिरो बन्ने नायिका हुन् या कमेन्ट नराम्रो आयो भन्दै विषय उठाउने समूह । सबैको चासोको विषय आवस्यक परेको समयमा सम्बन्धित विषय भन्दा फरक देखिएको छ । बोल्ने समय आवाज नदिने र आफुलाई रोल मोडल सोच्ने ? यस प्रकारका समाजका व्यक्ति ‘नमुना’ हुन् या रोल मोडल ? प्रश्न चिन्ह खडा भएक छ ।
(सांकेतिक तस्विर श्रोत : गुगल)