छोटो फिल्म ‘सत्कर्म’

छोटो फिल्म ‘सत्कर्म’ सार्वजनिक भएको छ  । लेखक, सम्पादक र निर्देशक नेत्र गुरुङले लकडाउनको समस्यालाई समेटेर फिल्म तयार गरेका हुन्  ।  फिल्ममा रेम बिक, बिजय राज अधिकारी, राजेन्द्र अधिकारी ‘अपूर्ण’, साधना शर्मा, भरत छन्त्याल, सविता कर्माचार्य,विवेक गुरुङ, सविन गायक र राम बाबु सेवानको अभिनय रहेको छ  । फिल्मको छायांकन प्रकास गुरुङ ‘कास’, ड्रोन विकास ताम्राकार र कलर किरण राज थापाले सम्हालेका छन् ।