ओलीको ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको शब्दमा रमेश सिंह भण्डारीले गीत गाएका छन् । ‘बन्छ नमुना नेपाल’ बोलको गीतमा भण्डारीको नै संगीत रहेको छ । गीतमा संगीत संयोजन, मिक्स र माष्टरको काम निरन डंगोलले गरेका छन् । गीतको भिडियोमा क्रिएटिभ टिममा पवित्र शाक्य, विपिन कपाली र सागर राज रहेका छन् । संगीतको निर्देशन तथा प्रोष्ट म्यानेज पनि सागर राजले नै गरेका छन् ।