समुन्द्रको ‘अधुरो प्रेम कहानी’ (भिडियो)

समुन्द्र खतिवडाले नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । गीतमा स्वर  खतिवडाको रहेको छ भने शब्द रमन सुवेदीको रहेको छ । गीतमा नबराज बस्नेतको संगीत रहेको छ। भिडियोमा यल्ला ब्रोदरसले सम्पादन अनि छायांकन गरेका हुन् । भिडियोमा सुबाश , सोराया र रिचेलको अभिनय छ । माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो ।