छन्देको ‘टेन्सन साफ’

टेली सिरियल ‘टेन्सन साफ प्रसारण हुने भएको छ । यहि साउन १६ शुक्रबारबाट युट्युब छन्दे च्यानलबाट प्रसारण हुन लागेको हो ।
हाँस्य सिरियलले समसामयिक विषय तथा घटनालाई ब्यङ्ग्य प्रहार गर्ने छ ।

निर्देशक तथा कलाकार गोपाल ढकाल छन्देले “टेन्सन साफ” यस सिरियललाई प्रसारण गर्न लागेको बताएका छन् । यस सिरियललाई हर्कमान वाइबा (रिदम),रबिन भुषाल(कडा),राजेश महर्जन,सुर्यकला आचार्यको निर्माण गरेका हुुन् भने सिरियलको लेखन तथा निर्देशन स्वयम् (छन्दे)ले नै गरेका छन् ।
एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्मित यस सिरियलमा श्याम राई,उद्धव प्रसाद भट्टराई,गोपाल ढकाल(छन्दे),गीता नेपाल,रोहित कार्की,प्रमिला राई,हर्कमान वाईबा(रिदम),रबिन भुषाल(कडा),आशिका अधिकारी,उमेश पाण्डे (उमिशा), शोभित वाईबा,मिठु माझी,राजेश महर्जन लगायत कलकारको अभिनय देख्न सकिनेछ । सिरियलको छायाँङ्कनमा हर्कमान वाईबा(रिदम),श्रृँगार अनु अधिकारी, उमेश पाण्डे(उमिशा), छन् भने सम्पादन (छन्दे) आफैले गर्ने छन् ।