मदनकृष्ण श्रेष्ठद्धारा रुकुम घटनाका पीडितलाई पाँच लाख सहयोग

हास्यकलाकार मदनकृष्ण श्रेष्ठले रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई पाँच लाख आर्थिक सहयोग गरेका छन् । उनले पत्रकार सम्मेलन गरिन जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत जेठ १० गते सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनाका पिडितलाई उनले आर्थिक रकम सहयोग गरेका हुन् ।

उत्त घटनामा नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।