एसराज र बिनु अभिनित ‘साडी राम्रो’ सार्वजनिक

‘साडी राम्रो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा वसन्त थापा मगरको स्वर, शब्द र संगीत रहेको छ भने संगीत संयोजन अशोक लोहारुंग राईको रहेको छ । भिडियोमा एसराज र बिनु शाक्यलाई देख्न सकिन्छ भने बाल कलाकार आयुशी ढकाल रहेकी छन् । समन श्रेष्ठ निर्देशित भिडियोमा फिराज अर्पणको छायांकन सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ।