फिल्मीकर्मीको वेचैनी


बेचैन सबैलाइ छ । हरेक क्षेत्र विजोग छ । अन्य क्षेत्र एक महिनादेखि चलमलाउन थालेका छन् । फिल्म क्षेत्रको विजोग निरन्तर छ । फिल्मकर्मीहरु अहिले वेचैनीमा बाँचिरहेका छन् । नबाँचुन् पनि कसरी त, फिल्मको गतिविधी कहिलेबाट हुन्छ भनेर बताउन सक्ने अवस्था रहेन ।

फागुणबाट हलमा दर्शक आउन छाडेका हुन् । साउन महिनाको मध्य भागसम्म आइपुग्दा पनि फिल्मवालाहरुले कहिलेबाट सुनसान माहोललाई चहलपहलमा बदल्न सकिएला भनेर भन्न सकिने अवस्था रहेन । सबैकुरा राम्रो भए त भदौमा हल खुलाउने, त्यो अघि नै फिल्मको सुटिङ सुरु गर्ने सोच त थियो । तर, सबै कुरा भनेजस्तो भएन ।

नेपालमा कोरोना भाइरसका विरामी बढेका छन् । विरामी बढेपछि देशका विभिन्न ठाउँमा लकडाउन हुन थालेको छ । यसले फिल्म कहिलेबाट सुरु हुन्छ अब गाह्रो छ ।

पीडामा हल संचालक छन् । निर्माता करोडौ रकम थन्काएर वेचैनीको निन्द्रा बाचिरहेका छन् । प्राविधिकहरु काम पाउने कहिलेबाट हो भनेर आशामा छन् । कलाकार फिल्मको सुटिङ सुरु भएपनि काम गर्न सुरु गर्न सकिन्थ्यो भनेर आशामा छन् ।

लकडाउन फेरि बढ्ने जस्तो देखिएकाले पनि भदौबाट फिल्म हल खुल्दैनन् भनेर हलवालाहरु नै भन्न थालेका छन् । दशैंमा फिल्म चलाउन पाए ८ महिनादेखिको शुन्यतामा अलीकली कमाई हुन्थ्यो कि भन्ने आशा उनीहरुलाई थियो ।

करोडौ खर्च गरेर बनाइएका नयाँ फिल्मका संचालकको वेचैनी झनै दुखलाग्दो बन्दै गएको छ । सरकारले चैत्रसम्म बैंकको किस्ता तिरेपनि हुन्छ त भनेको छ, तर चैत्रसम्म फिल्मले राम्रो कमाएको भए पो तिर्नु ? नयाँ बर्ष, जनैपूर्णिमा, तीज जस्ता फिल्म चल्ने पर्व यसै जाने भए । दशैंको पनि कुनै आशा छैन । तिहारमा के हुने हो भन्न सकिदैन । अनी, कहिले फिल्म चलाएर किस्ता तिर्ने त ?

केही नाम चलेका कलाकार बाहेक अरु कलाकार टिकटकमा व्यस्त हुन्, म्यूजिक भिडियो केही कलाकारको पोल्टामा मात्र सिमित छ । वेचैनीले सताउन थालेको लामो समय भयो, अझै चैन फिल्म क्षेत्रमा फर्किने छाटकाटमा छैन । फिल्मीकर्मीको वेचैनी कसले वुझिदेला ?