लकडाउनले गर्दा रोकिएको नेपाल आइडल सिजन–३ बिहिबारबाट

लकडाउनले गर्दा रोकिएको नेपाल आइडल सिजन–३ पुनः प्रसारण हुने भएको छ । आगामी बिहीबारबाट फरि टेलिभिजनबाट सुरु हुने भएको हो । गत चैत ११ गते देशभर कोरोनाको त्रासबाट लागेको लकडाउनका चार महिना पछि नेपाल आइडल एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार साँझ ८ हुने छ । नेपाल आइडलको सिजन ३ मा सज्जा चौलागाईँ, प्रवीण बडुवाल, मेघा श्रेष्ठ, केभिन तामाङ र नेशन पुन मगर उत्कृष्ट पाँच प्रतिस्पर्धीमा छनोट भएका छन् ।