बिच्छेदबाट आउट भइन् केकी , लक्ष्मीको इन्ट्री

फिल्मको छायाँङ्कन रोकिएका कारण कोरोना नियन्त्रण पछि भने जुध्ने अवस्था देखिएको छ । फिल्म जुध्ने भएका कारण फिल्मकर्मीलाई भने तनाव हुन थालेको छ । फिल्मको छायाँङ्कन नहुदै फिल्ममा छुट्ने र जुटने काम भइरहेको छ ।

फिल्म ‘बिच्छेद’बाट अभिनेत्री केकी अधिकारीले हात झिकेपछि अहिले उनको ठाउँमा अभिनेत्री लक्ष्मी बर्देवा जोडिएकी छन् । फिल्म ‘परदेशी २’सँग छायाँङ्कन जुध्ने अवस्था आएपछि केकीले फिल्म ‘बिच्छेद’बाट हात झिकेको बताइएको छ । यस फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन् भने अभिनेता मुकुन भुषालसँग लक्ष्मी वर्देवाको मुख्य भुमिका रहने छ । यो फिल्म भन्दा अगाडी मुकुन र लक्ष्मीले ‘बुलबुल’ फिल्ममासँगै अभिनय गरिसकेका छन् ।

फिल्ममा राज पण्डित र सुबास राई निर्माता रहेका छन् भने सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायत कलाकारको अभिनय रहनेछ । फिल्मको दृश्यमा गाउँले परिवेशमा आधारित हुने निर्माण निर्माण पक्षले जानकारी दिएको छ ।  फिल्म ‘बिच्छेद’ प्रदर्शन भएपछि यही टिमले ‘अन्तरे’ नामक फिल्म पनि निर्माण गर्दैछ । फिल्म ‘बिच्छेत’लाई संकल्प भुजेल छायाङँकन गर्ने छन् भने फिल्मलाई अर्को वर्ष प्रदर्शन गरिने छ ।