अभिनेत्री दिशा पटानीको बुवा कोरोना संक्रमित

बलिउडकी चर्चित अभिनेत्री दिशा पटानीको बुबालाई कोरोना संक्रमण देखिएको छ । अभिनेत्री दिशाका बुवा जगदीश पटानीलाई कोरोना देखिएको भारतिय मिडियाले जनाएका छन् । दिशाका बुबा भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत रहेका थिए ।
जगदीशका अलवा अन्य दुई अधिकारीलाई पनि कोरोना संक्रमण भएको बुझिएको छ ।

उनीहरु ट्रान्सफर्मर घोटालाको अनुसन्धानमा गर्न लखनउबाट बरेली गएका बेला कोरोना संक्रमणका सिकार भएका थिए । उनीहरु अहिले अस्पताल भर्ना भएका छन् । तीनै जना कोरोनाको संक्रमित देखिएपछि ४८ घण्टाको लागि कार्यालय बन्द गरिएको भारतिय मिडियाले जनाएको छ ।