उपासना सिंहको कोरोना रिपोर्ट नेगेटिभ

अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हिजो यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोनाभाइरसको संक्रमण देखिएपछिटिमले नै कोरोना परिक्षण गराएको थियो ।

परिक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो । उनीसँगै विज्ञापन खेलेका अभिनेता अनमोल केसीको पनि कोरोना परिक्षण गरिएको थियो । अनमोलको रिपोर्ट पनि नेगेटिभ नै आएको छ । उपसनाले फिल्म ‘क्याप्टेन’ बाट फिल्म नगरीमा प्रबेश गरेकी हुन् ।