अव भिडियो नखेल्ने पलको घोषणा

लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोमा ब्यस्त भएका अभिनेता पल शाहले अव भिडियो नगर्ने भएका छन् । केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै त्रास मोलेर म्युजिक भिडियो नगर्ने भएका हुन् । मान्छे धेरै जम्मा हुने र भिडियोको छायांकनमा जोखिम बढ्ने भएका कारण म्युजिक भिडियो नगर्ने भएका बताएका छन् ।

कोरोना संक्रमितको संख्या सयौँमात्रा बढेसँगै सरकारले आवातजावातमा कडाई गरेको छ । हिडडुलमा कडाई गरेसँगै भिडियो छायांकनका काम पनि रोकिन थालेका छन् ।आफुले खेल्ने भनिएको थोरै म्युजिक भिडियो बाहेक नयाँमा काम गर्ने अभिनेता पल शाहले बताएका छन् । नयाँ काम अहिले यो महामारीमा स्विकार नगर्ने उनको भनाई छ ।

म्युजिक भिडियोमा निकै ब्यस्त रहेका पलले एक महिनाको अवधिमा गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग ३ वटा गीतमा अभिनय गरिसकेका छन् । त्यस्तै बाहिरका गीतमा पनि उतिकै मात्रामा काम गरेका छन् ।