पुजा र प्रकाशको विवाद सम्बादबाट सुल्झाउन निर्माता संघको आग्रह

अभिनेत्रीहरुदाई दारे निस्केका भनेपछि विवादमा आएका पत्रकार प्रकाश सुवेदीलाई सात फिल्म सम्बद्ध – संघसंस्थाल टेलिभिजन कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ मा सहभागी नहुन भन्दै संयुक्त रुपमा विज्ञप्ती गरे । सुवेदीले माफी मागिसकेको अवस्थामा विभिन्न संस्था मिलेर कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका थिए । तर उनीहरुको निर्णयलाई फिल्मकर्मीहरुले नै चर्को विरोध गरे ।

पत्रकार सुवेदीले सञ्चालन गर्ने कार्यक्रममा सहभागी नहुन भन्दै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीप्रति महासचिव रोज राणाले आपत्ति जनाउँदै यो निर्माता संघको नभएर अध्यक्षको निजी भनाई हो भनेर अर्को विज्ञप्ती निकाले । यसपछि दुईबीच संघभित्र अन्तरविरोध रहेको चर्चा हुलो चलेको थियो । यसबीच, मंगलवार अध्यक्ष र महासचिवले एक विज्ञप्ती जारी गर्दै यसको खण्डन गरेका छन् ।

उनीहरुले निकालेको विज्ञप्तीमा विचार र सिद्धान्तबाहेक अन्य कुरामा संघको कार्य – समितिभित्र अन्तरविरोध नभएको र पुजा र प्रकाशको विवाद सम्वादबाट नै समाधान खोज्न सकिने बताएका छन् । जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘उक्त विवादलाई लोकतान्त्रिक मुल्य र मान्यताअनुसार सभ्य रुपमा वार्ता र संवादबाट नै समाधान गरिनु पर्दछ भन्ने निर्माता संघका अध्यक्षज्यूको प्रारम्भदेखि नै कथन रहेको थियो, जुन निर्माता संघको आधिकारिक धारणा समेत हो ।’