राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको मानार्थ सहायक रथीसमेत रहेका घिमिरेलाई अन्त्येष्टिमा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक टुकुडीले सम्मानमा सलामी अर्पण गरेको थियो ।

घिमिरेको अन्त्येष्टि अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।