निर्देशक पाठकलाई मातृशोक

Mero Film

फिल्म निर्देशक केपी पाठकलाई आज मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा कृष्ण कुमारी पाठकको निधन भएको हो ।
चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पाठकले फेसबुकमा एउटा स्टाटस लेख्दै आमाको स्वर्गवास भएको जानकारी गराएका हुन् । उनले लेखेका छन् ‘हाम्रो शिरबाट ममताको छायाँ सधैंका लागि हट्यो ।

आमा अब हामीसंग रहनु भएन ।’ चलचित्र ‘मैना’को निर्देशन गरेर चर्चामा आएका पाठकले थुप्रै चलचित्र निर्देशन गरि सकेका छन् । पाठकको अध्यक्षतामा अन्तरराष्ट्रिय फिल्म महोत्सव निफको नियमित आयोजना हुने गरेको छ । निर्देशक पाठक तथा सम्पूर्ण पाठक परिवारप्रति हार्दिक समवेदना ।


Leave a Reply

Your email address will not be published.