आनन्द राईको संगीतमा महेश्वर शर्माको ‘मुटु भरि देश बोकी’

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा वसोवास गर्दै आइरहेका उनको यो पहिलो गीत हो ।

गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल तथा सुमधुर स्वरकी धनी गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतलाई आनन्द राईले संगीतबद्ध गरेका छन् । महाराज थापाको संगीत संयोजन तथा साजन शाहले गीतलाई मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् । गीतको भिडियोमा सरोज दाहाल र साक्षी लम्सालले अभिनय गरेका छन् । नेपाली साहित्यमा कलम चलाउँदै आएका गीतकार शर्माको यसअघि कविता संग्रह ’प्रवासका जूनहरु’ प्रकाशित भएको थियो ।