आजबाट सुरु भो कमेडी च्याम्पियन सिजन २ को अडिसन

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को अडिसन आजबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण डिजिटल अडिसन लिन थालिएको हो । यस कमेडी च्याम्पियनमा आगामी असोज १४ गतेसम्म अडिसनमा भाग लिन सकिने छ ।

प्रतिष्पर्धिले अडिसनमा भाग लिनका लागि कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्डसम्मको भिडियो अपलोग गर्नुपर्ने हुन्छ । यसरी अपलोड भएको भिडियो मध्येबाट कमेडी च्याम्पियनले उत्कृष्ट छानेर रियालिटी सोमा भाग लिन बोलाउने आयोजकले जनाएको छ ।
कार्यक्रमका निर्माता तथा निर्देशक विशाल भण्डारी छन् भने जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

होष्टको जिम्मा अभिनेत्री रिमा विश्वकर्मा रहेकी छन् । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए । यसपटक कमेडी च्याम्पियनको टिम र कान्तिपुर टेलिभिजनको सहकार्यमा प्रसारण हुन लागेको हो ।