पल र एलिजा अभिनित आयो ‘आटो पिठो’

अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुको अभिनयमा ‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

निशान भट्टराई र सोनिका लामाको आवाजमा रहेको गीतलाई दीपक शर्माको शब्द, संगीत गरेका हुन् । त्यस्तै गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।

रामकुमार केसीको निर्देशन , गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतको भिडियोलाई लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको छ । एलिजाले यस भन्दा अगाडी केहि म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।