पुल्चोकको झडपमा आधा दर्जन फोटो पत्रकार घाइते

बिहीबार दिउँसो ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने र प्रहरीबीच भएको झडपमा केही फोटोपत्रकार घाइते भएका छन् ।
घाइते हुनेमा शुभ अभियानका फोटो पत्रकार अयुब शाक्यको टाउकोमा चोट लागेको छ । उनलाई ढुङ्गाले टाउकोमा लाग्दा गहिरो चोट लागेको हो ।
त्यस्तै मछेन्द्रनाथको फोटो खिच्न पुगेकी अन्नपुर्ण पोष्ट दैनिककी सुनिता डंगोल पनि घाइते भएकी छिन् । उनको नाक र ओठमा ढुङ्गाले लागेको थियो । उनले ‘प्रहरीको गाडीमाथि ढुङ्गामुढा हुँदा म फोटो खिच्दै थिइन । त्यहि बेला प्रदर्शनकारीले उनलाई ढुङ्गा प्रहार गरेका थिए ।
सुनिताका अलवा एएफपीका प्रकाश माथेमा, एपी निराजन श्रेष्ठ, पहिलोपोष्टका प्रविन रानाभाट,समर्थ रञ्जित, फोटोपत्रकार प्रतिक रायमाझी, हिमालयन टाइम्सका स्कन्द गौतम लगायत घाइते भएका छन् । उनीहरुलाई सामान्य चोट पटक लागेको छ । यतिमध्ये फोटोपत्रकार प्रतिक रायमाझीको भने खुट्टामा गहिरो चोट लागेको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्दै सरकारले लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने मनसायका साथ सयौं स्थानीय सडकमा निस्किएका थिए । उनीहरुले कोरोना भन्दा पनि सरकारले त्रास देखाएको आरोप लगाएका थिए । त्यसक्रममा निकै सुरक्षाकर्मी र स्थानिय पनि घाइते भएका छन् । आज त्यहाँ राती १०सम्म कफ्र्यु जारी गरिरहेको छ ।