नरहरि प्रेमी र सुमिनाको ‘नौ डाँडा काटेपछि’

Mero Film
गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् । विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा आएको छ ।
म्यूजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा संगीत पनि स्वयम प्रेमीकै रहेको छ । खाशगरि परदेश जाने विषयका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दाका बखत पुरुष पे्रमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ ।
गीतका मुख्य कलाकार नायक शुसिल जंग कुँवर र नायिका सुस्मिता कुँवरको दमदार अभिनयले गर्दा पनि गीतको भिडियो थप रोचक बनेको छ । त्यसो त धेरै म्युजिक भिडियो र चलचित्रहरुमा समेत आफ्नो कौशल प्रस्तुत गरिसकेका निर्देशक जि.बि आग्रीको निेर्दशकिय कला पनि तारिफ योग्य छ ।
देवेन्द्र नेवाको संगीत संयोजन रहेको नौ डाँडा काटेपछि गीतको मिक्सिङ र मास्टरिङ भने श्यामस्वेत रसाईलीले गरेका छन् । गीत सम्पुर्ण रुपले अत्यन्त सुन्दर अनि संग्रणिय बनेको छ । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीत शव्द त बेजोड छ नै त्यसमा झन् सुमधुर स्वरकी धनी गायिका सुमिना लो र गीतको शैली, प्रकृति अनि भाव अनुसार स्वर खेलाउन सिपालु नरहिर प्रेमीको गज्जवको स्वरले गीत साच्चिकै गज्जव बनेको छ ।
https://youtu.be/y5e-fNou42k

Leave a Reply

Your email address will not be published.