राधिका र राजेन्द्रको ‘ च्यान्टी मायालु ’ मा आयुष्मा

लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको  ‘ च्यान्टी मायालु ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।
सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ  । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ‘ च्यान्टी मायालु ‘गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।