लेखक तथा निर्देशक छेतेन गुरुङको निधन

लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । कलेजो सम्बन्धि समस्याका कारण २ दिन अघि अस्पताल भर्ना भएका गुरुङको आज बिहान निधन भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । गुरुङको भोलि अन्त्यष्टि गरिनेछ ।

बि. सं. २०३५ मा जन्मिएका छेतेनले ‘नोबेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्महरु लेखेका थिए । ‘डमरुको डन्डीबियो’ बाट निर्देशनमा हात हालेका छेतेन निर्देशित ‘प्रेमगीत ३’ अहिले पोस्टप्रोडक्सनमा रहेको छ । ‘प्रेमगीत ३’ मा छेतेनले सन्तोष सेन संग संयुक्त रुपमा निर्देशनको जिम्मा सम्हालेका थिए । दुवैको संयुक्त निर्देशन रहने गरि फिल्म ‘हु तु तु’ को पनि केहिदिन अघि घोषणा गरिएको थियो ।

गुरुङकी एक छोरी छिन् ।