ट्रेण्डिङमा गायक राज खम्बुको ‘मुना’

Mero Film

गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुने, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् ।

गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् । अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा संक्रिय रहँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published.