वाइवाइ नेपाल स्टार तेस्रो राउण्डमा प्रवेश

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो वाइवाइ नेपाल स्टार तेस्रो राउण्डमा प्रवेश गरेको छ । देशका विभिन्न ठाउँबाट छानिएर आएका प्रतियोगीले दोस्रो राउण्डबाट छानिएर तेस्रो राउण्डमा पुगेका छन् । दोस्रो राउण्ड पार गरेर ४८ प्रतिस्पर्धीले तेस्रो राउण्डमा प्रवेश गरेका छन् ।

उनीहरुले अव लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्नेछ । यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित भइरहेको थियो । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० छानिएका थिए । दोस्रो राउण्डमा प्रतिस्पर्धीमध्ये ११७ जना आइपुगेका थिए । तिनै ११७ मध्येबाट छानिएर तेस्रो चरणमा ४८ प्रतिस्पर्धी आइपुगेका छन् ।

अव उनीहरुको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ । कार्यक्रमका विजेता हुनेले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् । रियालिटी शो हरेक शनिबार बेुलका ८ः५० बजे प्रसारण हुदैँ आइरहेको छ ।