गायक रिजाललाई कोरोना संक्रमण

गायक लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा शनिबार कोरोना पोजिटिभ देखिएको रिजालले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ,‘ केही समयदेखि आफूलाई आफ्नो शरीरको तापक्रम बढेको र शरीरमा काप्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको थियो । आफूलाई लक्षण देखिनेबित्तिकै क्वारेन्टिनमा बसेको र अहिले आइसोलेसनमा रहेको छु ।’
उनले अहिले आफ्नो स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै छिटै कोरोना मुक्त भएर फर्किने विश्वास व्यक्त गरेका छन् ।