मलाईकाले जितिन कोरोना

बलिउड अभिनेत्री मलाइका अरोडाले कोरोना भाइरसलाई जितेकी छन् । उनले कोरोना संक्रमणबाट १४ दिनमा जितेकी हुन् । गत सेप्टेम्बर ७ मा अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणको पुष्टी भएसँगै दुवैजना होम क्वारेन्टाइनमा बसेका थिए ।
हालै सामाजिक सञ्जालमार्फत आफु ठिक भएको मलाइकाले जानकारी दिएकी हुन् । उनले लेखेकी छिन, ‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’

आफु कोरोना संक्रमणबाट मुक्त भएसँगै , सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् । उनले कोरोना भाइरसबाट जोगिन र अनुरोध गरेकी छन् । बलिउड कलाकारमा कोरोना संक्रमित हुनेमा मलाइका अलवा अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्रीमा ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायत थिए ।