मोडलिङमा फरक पहिचान सहित अब्बल बन्दै शंकर

सरल र निडर स्वभावका शंकर सेढाईले आफुलाई नेपाली कलाकारितामा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन् । चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई कुशल कलाकार बन्न काठमाडौँमा संघर्षरत छन् । सानै उमेरदेखि मोडलिङ चाख राखेका शंकर मोडलिङ क्षेत्रमा प्रवेश गरेको ४ वर्षमा नै आफुलाई चिनाउन सफल भएका छन् ।

उनले पछिल्लो समय गरेका केहि कामले उनलाई स्थापित गराइसकेका छन् । नेपाली दर्शकको अथाहा माया पाउन समेत सफल देखिएका छन् । शंकरले सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधि पाएका थिए । उनले यो उपाधिसँगै मोडलिङ क्षेत्रमा व्यवसायिक रुपमा अगाडी बढ्ने अठोटका साथ अगाडी बढे । जुन अहिले यसैको हौशाले दर्शकको माया पाएका छन् ।

उनी भन्छन् ,‘ यसैको सफलतासँगै मोडलिङमा लाग्न सबैको पे्ररणा मिल्यो जुन अहिले यहाँसम्म आइपुगेको छु ।’  हालसम्म उनले २५ वटा भन्दा बढी फेसन शोमा सहभागी भइसकेका छन् । उनले मोडलिङसँगै १ दर्जन बढी फेसन शो मा कोरियोग्राफरको रुपमा समेत काम गरिसकेका छन् ।

स्कुलका कार्यक्रममा अगाडी

स्कुल हुने कार्यक्रममा उनी अभिनय गर्ने गर्थेँ । अभिनय गरेर स्कुलका साथी तथा सर मिसलाई अभिनयमार्फत मनोरञ्जन दिने गरेका थिए । सानैमा मोडलिङ रुचि राखेका उनी कलाकारितामा पनि उतिकै मात्रामा अव्वल रहेका थिए । उनको चाहाना ठुलो भएपछि मोडलिङसँगै कलाकारितामा लाग्ने भन्ने थियो । उनको त्यो अठोट पछिल्लो समय पुरा हुदैँ गइरहेको छ । उनी यस विषयमा भन्छन् , ‘कलाकारितामा आउन र मोडलिङमा छिर्न गारो भएन । किनभने म सानै देखि नै यस विषयमा रुचि राख्ने भएको कारण अहिले सहज भएको हो । ’

शंकरले विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसि एड समेत गरि अभिनय गरिसकेका छन् । उनले ईभेन्ट र म्याग्जिनका लागि समेत फोटो सुट गरिसकेका छन् । ‘अरु भन्दा मोडलिङ फरक भए पनि लगनीशिल र आफ्नो मिहिनेतकै कारण आफु विस्तारै अगाडी बढेको छु । ‘मारुनी’ फिल्ममा सहायक कलाकारको रुपमा अभिनय गरेको थिए । जसले पनि मलाई दर्शकमाझ चिनाउन भुमिका खलेको थियो , ’ शंकरले भने ।

शंकरलाई चुनौती लाग्ने खाल्का पेसामा आवद्ध भइ काम गर्न मन लाग्ने गरेको छ । मोडलिङ गर्नु पनि चानचुने कुरा होइन त्यसैले गाह्रो चिजमा नै आफुले हात हालेको उनको भनाई छ । स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य भनेको नेपालको एउटा सशक्त मोडल बन्ने हो । सरल र शान्त स्वभावका शंकरको शरिर पनि हेर्दा निकै आकर्षक देखिन्छन्  ।

मोडलिङ क्षेत्र एउटा राम्रो र सम्भावना बोकेको शंकर एउटा राम्रो कलाकार पनि हुन् । उनी अभिनय र नृत्य विधामा राम्रै दख्खल भएका व्यक्ती हुन् । ५ फुट ७ ईन्च अग्ला कदका शंकरको अभिनेता बन्न लायक देखिन्छन् । जसका कारण आर्कषक शरिर देखेर जो कोही पनि लोभिने गरेका छन् ।