अनु शाह र नविन बुढाथोकी फिचर्ड निशानको ‘संगै मरौला’

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको  अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ । रामकृष्ण चौलागाईले  खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्  । आशिक राइको निर्देशनमा भिडियो बनेको हो  ।
मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।