कलाकार हरिवंश आचार्य दम्पतीलाई काेराेना सङ्क्रमण

चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ कालकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको बताउँदै आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन्।

आचार्यले आफूहरुको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला’, आचार्यले फेसबुकमा लेखेका छन्।

उनले आफूहरुले छिट्टै कोरोनालाई जित्ने भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न आग्रह समेत गरेका छन्।

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Gepostet von Hari Bansha Acharya am Dienstag, 6. Oktober 2020