नबिन के भट्टराईको ‘सम्बन्ध ‘ सार्बजनिक

गायक नबिन के भट्टराई ले आफ्ना दर्शक तथा श्रोताहरुको लागि आफ्नो सार्बजनिक हुन लागेको नया गीत संग्रह बाट सम्बन्ध बोल को गीत सार्बजनिक गरेका छन्। गितमा राजन राज शिवाकोटी को शब्द रहेको छ भने संगीत उत्पादन ,संयोजन पनि नबिन स्वयं कै रहेको छ।
संगीतको विद्यार्थी भएको हुनाले आफुले सिकेको संगीतका केहि कुरा हरु यो गित साथै संग्रह का अन्य गीतमा प्रयोग गरेको हुनाले श्रोताहरुलाई केहि फरक स्वाद लाग्नसक्ने नबिन ले जानकारी दिए। गीतको भिडियोमा नबिन संगै बिजिना राजभण्डारीको अभिनय हेर्न सकिन्छ। नविना भट्टराई ले निर्देशन गरेको उक्त भिडियोलाइ मन्दिप बखुंचेले खिचेका हुन् भने सम्पादन मनोज सापकोटा ले गरेका हुन्। गीतको भिडियो नबिन कै अफिसियल यु टुब मार्फत हेर्न सकिन्छ।
कोरोना को प्रभावमा बसिरहदा पनि दर्शक तथा श्रोताहरुको लागि दशैँ पछाडी नया संग्रह ल्याउन लागेको नबिनले बताए । नया संग्रह एन. के. बि रेकर्ड्स मार्फत निस्कने र लगभग सबै गीतहरुको काम सकिसकेको जानकारी पनि उनले दिए। आफ्नो अन्य संग्रह जस्तै यो संग्रहका गीत हरु लाइ पनि दर्शक तथा श्रोता हरुले मन पराइदिनु हुन्छ भन्ने आशा नबिन ले लिएका छन्।
https://youtu.be/mn-73T8a4Wg