हरिवंश दम्पतीले यसरी जिते कोरोना संक्रमण

दुइ हप्ता अघि कोरोना संक्रमणमा परेका हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । उनीहरुको गत असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराएका थिए ।

पिसिआर परिक्षण गराउँदा दुवैजनामा कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा बसेका थिए । उनीहरुसँगै कोरोना परिक्षण गराएका घरका अन्य सदस्य र हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई नेगेटिभ देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेर पुनः कोरोना परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आयो ।

आफुले र श्रीमतीले दुइ हप्तामा कोरोना जितेको भन्दै हरिवंशले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाइृ धन्यबाद दिए । उनले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै(धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ कोरोना संक्रमण पुष्टि हुनुअघि हरिवंश फिल्म ‘हुतुतु’ को स्क्रिप्टमा व्यस्त थिए ।