प्रमोदको ‘ए कान्छी’

गायक प्रमोद महतको स्वरमा ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दसैंको अवसर पारेर उनको गीत सार्वजनिक गरिएको हो । यस गीतको शब्द महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् ।

त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् । सविन अधिकारीको निर्देशन र जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेका छन् । सौर्यल थापाको प्रस्तुति रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् ।