‘घरमै बसी यो कोरोनाबाट मुक्त हुने प्रयास गर्नेछु ’ : निर्मल शर्मा

आफुलाई कोरोना संक्रमण भएपछि निर्देशक तथा कलाकार निर्मल शर्माले सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । कलाकार शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनालाई घरमा बसेर नै परास्त गर्ने उनको भनाई छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा परेको छैन । आज गरेको पिसिआर परीक्षणमा मेरो रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु । आजदेखि १४ दिन पूर्ण रुपमा घरमै बसी यो कोरोनाबाट मुक्त हुने प्रयास गर्नेछु ।’