‘मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ’ : ऋचा शर्मा

तीन हप्ताको सेल्फ क्वारेन्टाईनमा बसेर कोरोनालाई जित्न सफल भएकी ऋचाले आफ्नो कोरोना अनुभव आफ्नो यूट्युब च्यानलमार्फत जानकारी दिएकी छन् । उनले एक भिडियो अपलोड गर्दै उनले आइसोलेसनको क्रममा कोरोनालाई जित्न गरेको खानपानका साथै क्रियाकलाप प्रशंसकमाझ बताएकी छन् ।
उनले भनेकी छन्,‘लकडाउन भएदेखि काम विशेषले घरबाहिर जाँदा सधैं मास्क प्रयोग गरेको थिएँ । सधैं सेलिटाइनर लगाउथेँ । हात पनि पटक पटक धोइरहेको हुन्थेँ । यति सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना लाग्यो । मलाई कसरी कोरोना लाग्यो भनेर मैले सोच्न पनि सकेको छैन । मास्क, सेनिटाइजर लगाउँदा लगाउँदै पनि कोरोना लाग्दा चाहिँ अचम्म लागेको छ ।’

शरुमा आफुलाई कारोना लागेपनि निकै तनाव भएको र पछि पछि आफुलाई ठिक बनाएको बताएकी छन् । अहिले कतैपनि कोरोनाको औषधी नबनेकाले कोरोनाको संक्रमणबाट मुक्त हुनका लागि आफु शारिरिक र मानसिक रुपमा तयार हुनुपर्ने बताएकी छन् ।
‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन जरुरी छ । कतिपयले कोरोना लागेपछि अब सकियो भनेर सोच्ने गर्दछन् । यसरी आत्मविश्वास कम गर्नु हुँँदैन,’ उनको भनाई छ ।

ऋचाले आफु आइसोलेसनमा बसेपछि हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने, नुन पानी प्रयोग गर्ने गरेको बताएकी छन् । त्यस्तै, चिकित्सकको सल्लाह बमोजिम आफूले कोडोपार र जिंक औषधी सेवन गरेको उनले बताइन् ।

अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘आइसोलेसनको समयमा दिमागलाई धेरैतिर डुलाउनु हुँदैन । मैले चाहिँ आइसोलेसनको समयमा कमेडी फिल्म धेरै हेरेँ । कति झुर फिल्म पनि हेरेँ । तर, त्यसले मलाई दिमागलाई यताउति जान दिएन । अहिले म एकदमै स्वस्थ छु ।’आइसोलेसनमा बसेपछि मन डुलाउन नहुने उनको भनाई छ । यसो गरेको खण्डमा कोरोनालाई पराजित गर्न सकिने कुरा बताएकी छन् ।