सञ्चारकर्मी रवि दम्पतीले जिते कोरोना

सञ्चारकर्मी रवि लामिछाने र उनी धर्मपत्नी निकिता पौडेल कोरोनालाई जितेका छन्। आफुहरुले कोरोनालाई जितेको रविले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। लामिछानेले लेखेका छन् ,‘१४ दिनको कठिन आइसोलेशनबाट आज मुक्ति मिल्यो । केही बेर अघिमात्र हामी दुबैको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो ।

विभिन्न माध्यमबाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ । निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे, रवीन्द्र समीर तथा डा.विश्वनाथ कोइराला (ॐ अस्पताल) प्रति आभार प्रकट गर्दछौ । सोचे झै कोरोना रैनछ ।’