हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

हास्यकलाकार मनोज गजुरेलले कोरोना संक्रमणलाई जित्दै ११ दिन अस्पताल बसाईपछि डिस्चार्ज भएका छन् । संक्रमण पुष्टिसँगै होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल बसाईको एकसातापछि कोरोनालाई जितेर घर फर्किएका हुन् । आफु डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’ उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् । उनलाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।