सलमानखान पनि ‘सेल्फ आइसोलेशन’मा

बलिउड अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । आफ्नै घरका तीन सदश्यमा कोरोना संक्रमण देखिएपछि उनी ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएपछि उनका परिवारसहित १४ दिनका लागि आइसोलेसनमा बसेका छन् । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई भने बाम्बे हस्पिटलमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ ।