‘खै ! कुरा बुझेको ?’ अब टिभीमा

डिस होम मार्फत हास्य टेलिफिल्म ‘खै ! कुरा बुझेको ?’ आउने भएको छ । डिस होमको रियालिटी टिभीबाट प्रत्येक बुधवार राती ८ः३० बजे प्रसारण हुने भएको हो। सञ्चारकर्मी तथा निर्देशक समिर जोशीको लेखन तथा निर्देशनमा बन्न लागेको टेलिफिल्ममा शितल केसी,श्याम राई,युगज्योति क्रियासिल, अस्मिता बस्नेत ,निशा पाख्रिन, सबिता खडका, सुस्मिता कबिता न्यौपाने,दिपेश बन्जारा, सागर गिरी,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।

टेलिफिल्ममा दिलीप बिष्टको छायांकन, सुनिल श्रेष्ठ सम्पादन रहेको छ भने शीर्ष गीतलाई ज्योति खतिवड़ाको रहेको छ । त्यस्तै गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ा तथा संगीत सुमन कपाली र मेकअपमा विश्वराम हापुको छ । यस सिरियलका निर्माता सागर बस्नेत हुन् ।