चम्किदै पुष्प


कसको करिअर कहिले कतातिरबाट कतातिर लागेर कता पुग्छ भनेर भनिराख्न नपर्ने होला । कलाकारको करिअर हो, शुक्रबार बदलिन्छ । आज चले भनेर फुरुङ्ग किन पर्नु, भोली खत्तम । २ बर्ष अघि चलेका कलाकार हराएर अहिले कहाँ छन् भनेर खोज्न पर्ला । कुरा वुझौ सबैले । कलाकार चल्ने दिन कहिले आउँछ र करिअर सकिने दिन कहिले आउँछ भनेर कसले भन्ने ।

अभिनेता पुष्प खड्का निराशा बोकिरहेका कलाकार थिए । दर्पण छाया २ पत्तासाप भएपछि खत्तम भयो । पुष्पको फिल्म नचलेपछि उनी चलेनन् भनेर भनिएको हो । पुष्पलाई हिरो मानेनन् कतिपयले त । कतिपयले त पुष्प हराउँछन् भनेका हुन् ।

समय आउँछ, काम गर्दै जाने हो भनेर भनौ । पुष्पले यही वुझे, यही गरे । पुष्प चम्किन थालेका छन् ।

पुष्पलाई लिएर फिल्म बनाउनेहरु हेरौ त । मंगलमबाट राष्ट्रिय फिल्म पुरस्कार पाएका उनै हुन् । चकलेटी हिरोहरुका लागि सपना बन्छ होला, पुष्पले पाए । पुष्पको अभिनय वेजोड छ ।

पुष्प कृष्णलिला फिल्म खेलिरहेका छन् । द्धन्द्ध बोकेको फिल्म खेल्न बाँकी छ । मुकुन्द भट्टको फिल्म उनको हातमा । रेड वाइन पनि आयो । पल शाहले किन छाडे छाडे । पुष्पले रोजे फिल्म । रेड वाइन पुष्पको हातमा । काम भ्याइनभ्याई । चम्किएका होइनन् त पुष्प । चम्किए चम्किए पुष्प अब । दिन आएपछि कसको के लाग्छ । कसले भेट्ने उनलाई । पुष्पको करिअर फल्यो अब । मेहेनत गर्दै जानपर्छ ।