टिभीमा आउने भो ‘छायाँ’ फिल्म

बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म मंसिर १६ गतेबाट डिस होममा रिलिज हुने भएको छ । २०७२ सालको विशेष चलचित्र घोषणा भएको फिल्म ‘छायाँ’ लाई भोलीबाट टेलिभिजनमा हेर्न पाइने भएको हो। मनोज पण्डितले निर्देशन गरेको फिल्मको कथामा यौन दुराचारको गम्भीर विषयलाई उठाइएको छ।

फिल्ममा प्रकाश घिमिरे, अनुप बराल, अरुणा कार्की, आशान्त शर्मा, साइव्रत आचार्य, प्रविना खड्कालगायतका कलाकारको अभिनय छ ।
पण्डितले बृत्तचित्र ‘ग्रेटर नेपाल’ हुँदै फिल्म ‘दासढुंगा, बधशाला, खाग, लक्ष्य’ लगायतका फिल्म निर्देशन गरेका छन् । नेपाली फिल्म क्षेत्रमा मनोज प्रायः फरक धारका फिल्म निर्माण गर्न रुचाउने निर्देशकका रुपमा परिचित छन्।