दर्जनौ फिल्म छायांकनका पाइप लाइनमा

सरकारले छायांकनको अनुमति दिएको केहि साता पछि फिल्मकर्मीहरु छायांकनमा उत्रिएका छन्। फिल्म ‘हिड्दा हिड्दै’ले छायांकन थालिसकेको छ भने ‘चिसो मान्छे,प्रकाश,गणपति,भाँडाकुटी,तीन जुङ्गे,आधिँ तुफान२’ लगायत दर्जनौ फिल्म छायांकनको पर्खाइमा रहेका छन्।
फिल्म ‘हिड्दा हिड्दै’ को पनि सोमबारबाट छायांकन थालिसकिएको छ भने अन्य फिल्महरु छायांकनको समय कुरेका छन् । यो फिल्मलाई मिलन आले मगर निर्देशिन गर्दैछन्। फिल्ममाआकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय गर्दैछन्।

सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ को निर्माणको घोषणा गरिएको छ। फिल्मको छायांकन यहि माघ २ गतेबाट सुरु गर्ने निर्माण पक्षको भनाई छ। यस फिल्ममा ‘मान्छे र भगवानबीचको फरक देखाउने कुरा निर्माण पक्षको भनाई छ। फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक तथा निर्माता पुरन थापाले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्मको घोषणा गरेका छन् । उनले अस्तिको दिन फिल्म निर्माणको घोषणा गरेका हुन्। ‘पिरिम पर्या छ’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका फिल्म निर्देशन गरेका पुरनले कमेडी जाइराको ‘तीन जुङ्गे’को घोषणा गरेका हुन् । फिल्मको छायांकन आगामी माघ तेश्रो साताबाट सुरु हुने निर्माणपक्षको भनाई छ। फिल्ममा थापासँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, शिखा सुवेदी, ललीत सिंह साउद, विकल उप्रेती, सविता दनाइ, सुपा खनाल, छायाँ भुजेललगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुकुन भुषाल र बेनिषा हमालले अभिनय गर्ने भनिएको फिल्म ‘भाँडाकुटी’ एक महिना अघि देखि नै छायांकनमा जाने हल्ला गरिएको थियो तर अहिलेसम्म कहिलेबाट छायांकनको मितितय गरिएको छैन। यता प्रदिप खड्काका तीन वटा फिल्म छायांकनको पाइप लाइनमा छन् । उनको पनि विभिन्न कारणले गर्दा फिल्म युनिट फ्लोरमा निस्कन सकेको छैन।

निर्देशक दिपेन्द्र के खनाल पनि फिल्म ‘चिसो मान्छे’ को छायांकन आगामी फागुनको पहिलो साताबाट पश्चिमका बाजुरा जिल्लाबाट गर्ने तयारीमा रहेका छन्। यहि फिल्मबाट अभिनेत्री स्वस्तिमा खड्काले महँगो पारिश्रमिक लिएको चर्चाले फिल्मी बजार तातिएको छ। फिल्म ‘चिसो मान्छे’मा स्वस्तिमाका साथमा अर्पण थापा पनि रहेका छन्।

फिल्म निर्देशक मिलन चाम्सले पनि फिल्म‘गोर्खा वारियर’ फागुनको पहिलो साताबाट पुर्वाञ्चलबाट छाायंकन गर्ने मुडमा रहेका छन्। फिल्मको लागि उनी कलाकार छनोट लगायतका काम गरिरहेको बताउँछन्। यस फिल्मका लागि केहि कलाकार छनोट भइरहेको उनको भनाई छ।
त्यस्तै ,‘प्रेम गीत ३’मा निर्माता तथा निर्देशक सन्तोष सेन पनि फिल्म ‘हुतुुतु’ निर्माण गर्ने तयारीमा रहेका छन्। निर्माण गरिएको फिल्म हलमा नचल्दै उनले अर्को फिल्म निर्माण गर्ने घोषणा गरेका हुन्। जुन फिल्मका लागि कलाकार समेत छनोट गरिसकिएको छ।

फिल्ममा अभिनेताका रुपमा प्रदिप खड्कालाई लकडाउनको समयमा नै अनुबन्धित गरिएको थियो। यो फिल्म कहिलेबाट छायांकनमा निस्कन्छ भन्ने कुनै चर्चा छैन। फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधि तुफान२’को निर्माणमा जुटेका छन्। मदन घिमिरेले निर्देशन गर्ने भनिएको यस फिल्मको पनि छायांकनको मिति तोकेको छैन। नयाँ पुराना कलाकार राखेर निर्माण गर्न लागेको यस फिल्मको पनि पछिल्लो समय चर्चा रहेको छ। फिल्मको छायांकन केहि समय पछाडी धकेलिएको निर्देशक मदन घिमिरेले बताए।

रंगपत्रकार रघु सापकोटा अभिनेता नाजिर हुसेनलाई लिएर फिल्म ‘चिलगाडी ’निर्माण गर्ने घोषणा गरेका छन्। उनले लकडाउनको समयमा नै नाजिरलाई फिल्ममा अनुबन्धित गरेको घोषणा गरेका थिए। निर्माता रघुका अनुसार फिल्मको छायांकन आगामी फागुन महिनबाट सुरु हुनेछ।