पाइरेसीमा ‘आमा’ र ‘घामड शेरे’

पछिल्ला केहि वर्ष यता नेपाली फिल्महरुको पाइरेसी हुने क्रम बढेको छ । झोला, कोहिनुर, छक्का पन्जा हुँदै हाल आएर “घामड शेरे” र “आमा” फिल्म पनि युट्युब अगावै धेरै नेपालीको हात हातमा पुगेको छ ।

टेलिग्राम्, गुगला ड्राइब लगायतका माध्यमबाट साथिभाइ र इष्टमित्र हुँदै यि दुई फिल्महरु धेरै नेपाली का हात परिसकेको छ ।

कोरोना महामारी संगै बन्द रहेको फिल्म क्षेत्र बिस्तारै जुर्मुराउँदै छ भने सरकारले भर्खरै मात्र हल सन्चालन गर्न अनुमती दिएको छ । कोरोना कहर पछी खुलेका फिल्महलहरुमा केहि अघी रिलिज भएका नेपाली फिल्म लागे पनि अपेक्षित दर्शक तान्न सकेको छैन ।

हल खुले सँगै करिब एक बर्षदेखी बन्द रहेको फिल्म क्षेत्रप्रती नेपाली फिल्म निर्माताहरु आशावादी रहेका छन । तर यसरी पाइरेसी भएपछी फिल्म निर्माताहरुले बाध्य भएर युट्युबमा रिलिज गरेका उदाहरण पनि छन ।