फिल्म चलेपछि उपासनाले के गर्लिन् ?


केक काटिरहेको बानी छ उपासनालाई । सानो सानो खुशीमा पनि केक । फिल्म चलेर केक काटेको पनि बानी छ । फिल्म कबड्डी कबड्डी कबड्डी चलेको बेलामा उनले केक कति काटिन् याद होला । हलमै काटिन्, फिल्मको टिमसँग काटिन् । काटिन् हजुर काटिन् । केक र उनी पर्यावाची हो कि ।

फिल्म हिट हुँदा केक काट्नु नौलो होइन भनेर भनौ । तर, फिल्म नचल्दै, फिल्ममा काम गर्न जानु अघि नै केक । ओहो, नयाँ कुरा भयो नी त ।

उपासना डिसेम्बर फल्सको सुटिङमा छिन् पोखरा । आर्यन सिग्देल उनका जोडी । तेश्रो फिल्मको हो उपासनाको । यही भएर उनी पोखरामा छिन् ।

यो फिल्मका लागि मैदानमा उत्रनु अगाडी नै हो नी उनले केक काटेको । बहिनीले मनाएकी हुन् खुशी । विस दिदै बहिनीले काटिदिइन् केक । भनेपछि, यो फिल्म हिट भयो भने उपासनाले के के गर्लिन् भनेर भनौ । उनले केक कती पाउण्डको काट्ने होला है ।